वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि १५ बुँदे माग अघि सारेको हो । संघले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्नुपर्ने, श्रमिकको वास्तविक लागत पारदर...









