धनकुटामा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते, दुईको अवस्था गम्भीर (नामावली)
इटहरी । काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा काला...









