काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३२ सयले घटेर तोलाको २ लाख ९९ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४६५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४८१५ मा कारोबार भएको थियो ।





