मोबाइल सेवा सुधार्न दूरसञ्चार प्राधिकरणको निर्देशन

मोबाइल सेवा सुधार्न दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई सेवाको गुणस्तर सुधार, सञ्जाल विस्तार र उपभोक्ता गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न ८ बुँदे निर्देशन दिएको छ । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम साउन २१ गतेको निर्णयअनुसार यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार सेवा प्रदायकले मोबाइल सेवाको गुणस्तर, सञ्जालको विश्वसनीयता र ग्राहक सेवामा सुधार गर्नुपर्नेछ। प्राधिकरणल...

विभागद्वारा स्थलगत बजार अनुगमन, एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

विभागद्वारा स्थलगत बजार अनुगमन, एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना
काठमाडौं।स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई दुई लाख बराबरको जरिवाना गरेको छ। अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ। यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन ...

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्ने त, जान्नुहोस्

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्ने त, जान्नुहोस्
काठमाडौं, २२ साउन । मनसुनको मौसमले गर्मीबाट राहत त दिन्छ तर यसले घरमा प्रयोग हुने पानीको सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि सिर्जना गर्छ।   वर्षाको समयमा पानीका ट्याङ्कीहरूमा फोहोर, ब्याक्टेरिया र अन्य हानिकारक तत्वहरू मिसिने जोखिम बढी हुन्छ। घरको ट्याङ्कीको पानी नुहाउन, लुगा धुन, खाना पकाउन र कहिलेकाहीँ पिउनसमेत प्रयोग गरिन्छ, त्यसैले, ट्याङ्की सफा नगर्दा पानीको गुणस्तरमा असर पर्न ...

आमसञ्चारसम्बन्धी ३ प्रमुख ऐनलाई एकीकृत गरी नयाँ विधेयक तर्जुमा तयारी

आमसञ्चारसम्बन्धी ३ प्रमुख ऐनलाई एकीकृत गरी नयाँ विधेयक तर्जुमा तयारी
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणा पत्र सार्वजनिक गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षभित्रै उक्त विधेयक संसद्मा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ । सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिक...

एमबीएल इक्विटी फन्डको ९ प्रतिशत लाभांश घोषणा

एमबीएल इक्विटी फन्डको ९ प्रतिशत लाभांश घोषणा
काठमाडौं। माछापुच्छ्रे क्यापिटल व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फन्डले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। एमबीएल इक्विटी फन्डका इकाइधनीलाई करसहित ८ प्रतिशत अर्थात् ९ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। भदौ १ गतेसम्म कायम इकाइधनीले प्रतिफल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

बिमा प्राधिकरणमा एक वर्षमा ६०० उजुरी परे, ४७५ उजुरी टुंगो लागे

बिमा प्राधिकरणमा एक वर्षमा ६०० उजुरी परे, ४७५ उजुरी टुंगो लागे
काठमाडौं। नेपाल बिमा प्राधिकरण ले गत आर्थिक वर्ष २०८२/८३ मा बिमासम्बन्धी करिब ४७ प्रतिशत उजुरी फर्स्योट गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार प्राधिकरणमा गत आर्थिक वर्षमा ६०० वटा उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ बाट सरिआएका उजुरी ३९४ वटा तथा गत आर्थिक वर्षमा परेका २०६ वटा थिए। समीक्षा वर्षमा प्राधिकरण केन्द्रीय कार्यालयमा १४९ वटा प्रदेश कार्यालयमा ५७ वटा उजुरी परेका थ...

गुल्मीमा ५५.०८ प्रतिशतले गराए स्वास्थ्य बिमा

गुल्मीमा ५५.०८ प्रतिशतले गराए स्वास्थ्य बिमा
रमेश विश्वकर्मा गुल्मी, साउन २२ गते। गुल्मीमा ५५ दशमलव ०८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म यहाँका एक लाख ३५ हजार ७८३ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण...

राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

राष्ट्रियता सतर्कता केन्द्रको अनुगमनः आठ हजारभन्दा बढी कर्मचारी कारबाहीमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ । केन्द्रले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयको अनुगमन गरी आचारसंहिता पालना नगर्ने आठ हजार ८३० कर्मचारीलाई कारबाही गर्न अख्तियारवालालाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक एक दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौं। नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उनी कार्यकारी निर्देशक पदमा चयन भएका हुन्। अन्तिम प्रतिस्पर्धामा रहेका प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई पछि प...