प्यूठानको माडी खोलामा पाँच जनाको शव भेटियो, रोल्पा पहिरोमा बेपत्ताको हुन सक्ने अनुमान

प्यूठानको माडी खोलामा पाँच जनाको शव भेटियो, रोल्पा पहिरोमा बेपत्ताको हुन सक्ने अनुमान
काठमाडौं। प्यूठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव फेला परेका छन्। प्यूठान प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गए राती पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाको हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरो गएको घटना नभएकाले माथिल्लो क्ष...

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना
काठमान्डौँ । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आह्वान गरेका हुन् । नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो । बिहीबार बि...

लुम्बिनी अपडेट : ३ सय ७१ सवारीसाधन कारबाहीमा, ४ लाखभन्दा बढी राजस्व संकलन

लुम्बिनी अपडेट : ३ सय ७१ सवारीसाधन कारबाहीमा, ४ लाखभन्दा बढी राजस्व संकलन
बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटनासम्बन्धी विवरण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा १२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालय...

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते
रोल्पा।अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेको छन्। कार्यालयले दिएको जानक...

कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्यमन्त्र...

गौतम बुद्ध विमानस्थलमा वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

गौतम बुद्ध विमानस्थलमा वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी
भैरहवा । नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायु यानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरूप मङ्गलवार देखि उडान प्रशिक्षण सुरु गरेको हो । निगमका अनुसार आफ्ना फर्स्ट अफिसर (पाइलट) हरूलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्...

उपसभामुख ठाकुरद्वारा पत्रकार श्रेष्ठलाई ‘राक्षस’को संज्ञा, आज अदालतमा पेस गरिँदै

उपसभामुख ठाकुरद्वारा पत्रकार श्रेष्ठलाई ‘राक्षस’को संज्ञा, आज अदालतमा पेस गरिँदै
काठमाडौँ । उपसभामुख रुविकुमारी ठाकुरले पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई ‘राक्षस’को संज्ञा दिँदै सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गरेकी छन्। श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेपछि उपसभामुख ठाकुरले सामाजिक सञ्जालमार्फत उनको गिरफ्तारीलाई लक्षित गर्दै टिप्पणी गरेकी हुन्। ठाकुरले पत्रकारिताको आवरणमा श्रेष्ठले महिलाहरूलाई आत्महत्या ...

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले समाचार लेखेकै आधारमा राज्य संयन्त्रबाट पत्रकारलाई नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको बताएका छन्। उनले स्थापित सञ्चारमाध्यम र पत्रकारमाथि निश्चित विधि तथा कानु...

आठराई त्रिवेणी स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट

आठराई त्रिवेणी स्वास्थ्य सेवामा जिल्लाकै उत्कृष्ट
साहारा लिम्बू फुङलिङ, साउन २८ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा आठराई त्रिवेणी जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङले आयोजना गरेको वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा मूल्याङ्कनका आध...

सरकारी छाप तथा दस्तखत कीर्ते आरोपमा तीन जना पक्राउ

सरकारी छाप तथा दस्तखत कीर्ते आरोपमा तीन जना पक्राउ
काठमाडौं। प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गौरीगञ्जका सन्दीप कार्की, अर्घाखाँचीकी संगीता मगर र नुवाकोटकी अंकिता नेपाल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ पुतलीसडकस्थित एक कन्सल्टेन्सीमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार...