विराटनगर ।
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा सुन्दरहरैचामा रहेको सुकुना माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र मर्हजनले जानकारी दिनुभयो ।
कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक सचिन राईले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व तथा बीमा क्षेत्रका चुनौतीका साथै नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गर्नुभयो । वित्तीय साक्षरता अभिवृद्धि गर्दै बीमासम्बन्धी जानकारी विद्यार्थी लगायत समुदायस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक हिक्मत बहादुर ले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै बीमा सचेतना लगायतक कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस किसिमका कार्यक्रमलाई अझ प्रभावकारी रुपमा समुदाय स्तरमा पुयाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। महर्जनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा क्षतिबाट हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पु¥याउने बताउनुभयो ।कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक प्रथम मिलन पोखरेल ले गर्नुभएको थियो ।





