मोरङ प्रशासनलाई उद्योग बाणिज्य महासंघ कोशीद्धारा १० थान कम्प्युटर हस्तान्तरण
विराटनगर ५ असोज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा तोडफोड, लुटपाट तथा आगजनीबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेशले १० थान कम्प्युटर उपलब्ध गराएको छ ।
तोडफोड, आगजनी लुटपाटका कारण सेवाग्राहीका आधारभूत सेवाहरु समेत प्रवाह गर्न समस्या भईरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको तर्फबाट अध्यक्ष राजेन्द्र राउतले १० थान कम्प्यूटर...







