आज विश्व पर्यटन दिवस मनाइँदै
काठमाण्डौ – आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘पर्यटन र दिगो रुपान्तरण’ रहेको छ । सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन शुरुआतका रुपमा लिने गरिन्छ ।
तर नेपाल आउने विदेशी पर्यटकको संख्या मुख्य सिजनमा नै घटेको छ । अध्यागमन विभागका अनुसार सेप्टेम्बर एक देखि १८ तारिखसम्मको अवधिमा ग...









