मेष : कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शित गर्न सकिनेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा सानो परिश्रमले राम्रो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन : नयाँ योजनातर्फ अग्रसर भइनेछ। शत्रुहरूले झुक्याउन सक्लान् सावधान रहनुहोला। शेयर बजारबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट : भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आयस्रोत सबल रहनेछ। रोग र शत्रुबाट छुटकारा मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ।आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

सिंह : धार्मिक स्थलमा मठमन्दिर तर्फ घुमफिरका योग छन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

कन्या : खानपिनमा सजगता अपनाउनुहोस्। बोलिको विपरीत अर्थ लाग्नेछ। कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला : सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूको लागि लाभ रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक : समयमा होस् नपुर्‍याउँदा खर्च बढ्नेछ। शुभचिन्तकको कुराहरूलाई वेबास्था नगर्नुहोस्। अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

धनु :शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ मिल्नेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। अप्ठ्यारो चुनौतीहरूको भित्र अवसर खोज्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मकर : प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तुको लाभ हुनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। आफन्तहरूको मध्य कुनै कुरालाई लिएर विवाद बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ : प्रतिक्षा गरेको काम छिटै सम्पादन हुनेछ। भाग्यको साथ पाइनेछ। लगनशीलताले नाम,काम र दाम कमाउन सकिनेछ। सहयोगीहरूको साथ मिल्नाले नँया कार्यप्रति हिम्मत मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन :पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। बोलिको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

तपाईको प्रतिक्रिया