गोरखा दुर्घटनाः मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा दुर्घटनाः मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो
गोरखा – गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो। प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ। भारतको तमिलनाडू राज्यको चेन्नई...

आजको राशिफल ~वि.सं. २०८२ चैत्र ०२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ चैत्र ०२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने सम्भावना छ । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेहरूको कमी हुने छैन । आकस्मिक यात्राको सम्भावना देखिन्छ । वृष शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ । आकस्मिक रू...

डढेलोको प्रकोप बढ्दै

डढेलोको प्रकोप बढ्दै
काठमाडौँ, चैत १ गते । गर्मी बढ्दै जाँदा मुलुकभर डढेलो लाग्न सुरु भएको छ । वनमा सुकेका स्याउलासोत्तर, दाउरा प्रशस्त जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ्दै गएको छ । गाउँघर छोडेर सहर बस्ने प्रवृतिले घाँसदाउराको प्रयोगमा कमी आएसँगै वनजङ्गलभित्र सुकेका पात पतिङ्गर, घाँसदाउराको थुप्रो बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेको सरकारी अधिकारीले बताएका छन् । वन तथा भूसंरक्षण विभागका अनुसार ...

ग्यास बिक्री गर्दा घरायसी प्रयाेजनलाई पहिलाे प्राथमिकतामा राख्न निगमकाे निर्देशन

ग्यास बिक्री गर्दा घरायसी प्रयाेजनलाई पहिलाे प्राथमिकतामा राख्न निगमकाे निर्देशन
काठमाण्डाै – बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि नेपाल आयल निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ । निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभएको छ ...

१२ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय सचिता बुढाथोकी सम्मानित

१२ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय सचिता बुढाथोकी सम्मानित
काठमाडौं । निष्पक्ष, उत्तरदायी, व्यवसायिक तथा खोजमूलक टेलिभिजन पत्रकारितामार्फत मुलुक र जनतालाई सुसूचित गराउन लामो समयदेखि योगदान दिँदै आएकी पत्रकार सचिता बुढाथोकी सम्मानित भएकी हुन । गृहणी महिला संघ नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘उत्कृष्ट महिला सम्मान’ यस वर्ष बुढाथोकीलाई प्रदान गरिएको हो। टेलिभिजन पत्रकारितामा करिब १२ वर्षदेखि सक्रिय रहेर उनले समसामयिक विषयलाई खोजमूलक र विश्लेषणात्...

साहित्यकार खनालको ‘घुरको धुवाँ’माथि विराटनगरमा विमर्श,

साहित्यकार खनालको ‘घुरको धुवाँ’माथि विराटनगरमा विमर्श,
विराटनगर / अग्रज साहित्यकार तथा पत्रकार राजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘घुरको धुवाँ’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ । नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा हालै प्रकाशित उक्त कृतिको विषयवस्तु, शैली र त्यसले उजागर गरेको तराईको सामाजिक यथार्थबारे विभिन्न साहित्यकार र समालोचकहरूले विस्तृत चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ साहित्यका...

उपभोक्ता ठगी रोक्न अनुगमन तीव्र, १,२९८ व्यवसायी कारबाहीमा

उपभोक्ता ठगी रोक्न अनुगमन तीव्र, १,२९८ व्यवसायी कारबाहीमा
विराटनगर — गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले छड्के अनुगमनका क्रममा अनियमित नापतौल प्रयोग गर्ने १ हजार २ सय ९८ व्यापारिक संस्थामाथि कारबाही गरेको जनाएको छ। कार्यालयका प्रमुख शम्भुकुमार झाले सीमित जनशक्ति र फराकिलो कार्यक्षेत्रका बाबजुद अनुगमन तथा कारबाहीको काम निरन्तर रूपमा भइरहेको जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनासम्म नापतौल तथा नाप्ने–तौलने यन्त्र प्रयोगका लागि ४ सय २...

राहदानी सेवा एक सातासम्म अवरुद्ध हुन सक्ने, नयाँ प्रणाली जडान हुँदै

राहदानी सेवा एक सातासम्म अवरुद्ध हुन सक्ने, नयाँ प्रणाली जडान हुँदै
काठमाडौं। परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली केही दिन बन्द हुन सक्ने जनाएको छ। पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुन सक्ने विभागले स्पष्ट पारेको छ। विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ। राह...

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिममा

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिममा
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको छ। आगामी सन् २०२६/२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु निर्विरोध (सर्वसम्मत) चयन भएका छन्। निर्धारित पद संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत भएका हुन्। यसरी सर्वसम्मत हुनेमा अधिकांश उम्मे...

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फाल्गुन २८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ । वृष आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर मिल्नेछ । कीर्तिमानी काम सम्पन्न गर्ने समय छ । नयाँ काममा हात हाल्ने बेला आएको छ ...