काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
काठमाडौँ । काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् । बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले...

काठमाडौं मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

काठमाडौं मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ
काठमाडौं। काठमाडौंमा रहेका मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिँदै रकम असुल्ने गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

७ प्रतिशत आर्थिक वृद्धिदर भए मात्रै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ- अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धिदर भए मात्रै १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ- अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले बजेटमा सोहीअनुसार निर्माण हुने बताएका हुन् । उनले सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको सुनाए । उनले ठूला-ठूला सडक आयोजना तथा...

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी तथा सचेतकमा परियार र धिताल

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी तथा सचेतकमा परियार र धिताल
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक र सचेतक चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटी एवं सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई बनाउने निर्णय भएको रास्वपाले जनाइएको छ । उक्त निर्णयमा रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।

२०८३ साल तपाईंको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल

२०८३ साल तपाईंको लागि कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल
मेष राशि यो वर्ष मिश्रित फलदायी रहनेछ । वर्षको प्रारम्भ र अन्त्यतिर केही चुनौतीहरू देखा पर्नेछन् भने कार्तिकदेखि माघसम्मको समय विशेष लाभदायक रहनेछ । साढेसाती शनि र मंसिरपछि राहुको अशुभ प्रभावका कारण मानसिक तनाव, झुट्टा आरोप, आफन्तसँग मनमुटाव र सरकारी झमेलाको सम्भावना रहन्छ । स्वास्थ्यमा पनि उतारचढाव आउन सक्छ । धार्मिक कार्य र यात्रा प्रति रुचि बढ्नेछ । वृष राशि यो वर्ष समग्रमा सकारात्मक रहनेछ...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद् बैठक बुधबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो।

गृहमन्त्री सुधन गुरुङ र जापानी राजदूतबीच भेट

गृहमन्त्री सुधन गुरुङ र जापानी राजदूतबीच भेट
काठमाडौं- माननीय गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका महामहिम राजदूत तोरु मायदाबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका अवसरमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरे। भेटघाटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। जापान सरकारले नेपालको आर्थिक...

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको मृत्यु, किशोरी घाइते

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको मृत्यु, किशोरी घाइते
प्यूठान : शिकारका क्रममा जंगलमा गोली चल्दा एक किशोरको ज्यान गएको छ भने किशोरी घाइते भएकी छिन् । गौमुखी गाउँपालिका सुङगुरखाल पुजास्थित चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर हानिएको गोली लागेर घाइते भएका किशोरको उपचारको क्रममा ज्यान गएको हो । नौबहिनी गाउँपालिकाका १९ वर्षीय सुशील परियारमाथि चैत्र २९ गते राति करिव १०ः४५ बजेको समयमा गोली लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गोली...

पोर्चुगलमा नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन

पोर्चुगलमा नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
पोर्चुगल। पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ। सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको सङ्ख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सु...