काठमाडौं। काठमाडौंमा रहेका मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिँदै रकम असुल्ने गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया