झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । आज पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले गिरोहको विवरण सार्वजनिक गरेको छ । ...

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन
राममणि दाहाल मकवानपुर, साउन १९ गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबी पेश गर्दै सोमबार पत्र बुझाएका हुन् । पत्र बुझाउन कांग्रेस संसदीय दलका नेता ...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बने रोस्टन चेज

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बने रोस्टन चेज
काठमाण्डाै – वेस्ट इन्डिजका रोस्टन चेज पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने दुई पूर्ण सदस्य टोलीको पहिलो ब्याटर बनेका छन् । आज लाउडरहिलमा घरेलु टोली पाकिस्तानसँगको तेस्रो तथा निर्णायक खेलमा रोस्टन चेज दुई पूर्ण सदस्य टोलीहरू भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिटायर आउट हुने पहिलो ब्याटर बनेका हुन् । पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा उनी १२ बलमा १५ रनमा...

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ। वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो। नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा उनको निधन भएको एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले जानकारी दिए। गत २०७९ सालको स्थानीय तह निर्वाचनम...

कोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका

कोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका
राजविराज, १९ साउन । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ ।  आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो क्रममा जारी रहेको छ । पानीको बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्या...

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने
  काठमाडौं, १८ साउन । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठक सम्पन्न भएको छ । आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उक्त बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले ...

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको उपलब्धि सार्वजनिक

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको उपलब्धि सार्वजनिक
अर्घाखाँची, साउन १८ गते । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ । बार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र एवं कार्यक्रमले प...

लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न सक्दैनन् ः कोइराला

लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न सक्दैनन् ः कोइराला
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका...

घट्यो पाथीभराको आम्दानी

घट्यो पाथीभराको आम्दानी
- कमल भट्टराई ताप्लेजुङस्थित पाथीभरा क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपाल र भारतका विशेष गरी हिन्दू धर्मावलम्बीहरू साथै किराँत र बौद्ध धर्मावलम्बीहरुसमेत पाथीभराको दर्शन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् । २०४५/०५० सालसम्म तीर्थयात्रीको संख्या निकै कम हुन्थ्यो । तर ताप्लेजुङमा यातायात सुविधामा सुधार आएसँगै तीर्थालुको संख्या क्रमशः बढ्दै गएको पाइन्छ । ...