विपदमा मूल्य बढाउनेलाई कडा कारबाही गर्न निर्देशन, १६ अनुगमन टोली गठन
काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् र चाडपर्वको मौका छोपेर मनलाग्दी मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन् ।
सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँगको छलफलमा मन्त्री यादवले ठूला गोदाममा समेत पुगेर प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएकी हुन् ।
मन्त्रालयले बजार अनुगमनका लागि पहि...









