लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार
सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्ला-लबुचे (उद्धार उडानका लागि) गएको अल्टिच्युड एयरको नाइनएन-एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्रै थिए। उनी सकुशल रहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए।
सोलुखुम्बुका...








