दशरथ रङ्गशालामा किन्डर ओलम्पिक सुरु

दशरथ रङ्गशालामा किन्डर ओलम्पिक सुरु
काठमाडौँ, पुस १२ गते । सभामुख देवराज घिमिरेले एनएसएसएफ १३औँ किन्डर ओलम्पिकको उद्घाटन गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा शनिबार भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गर्नुभएको हो । कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रङ्गशालाको ट्रयाकमा प...

पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित

पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित
काठमाडौँ, पुस १२ गते । राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार - २०८२ प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो। राप्ती समाजका अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूप...

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मीमा ३५५ प्रजातिका चरा
गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवध...

राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन्। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन्। ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फ...

प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन

प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन
काठमाडौं। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ। नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरि...

कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान

कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान
चन्द्र पन्दाक ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविरहरु खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । यस्तै कञ्चनजङ्घाको...

सुनसरीमा श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएपछि…

सुनसरीमा श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएपछि…
इटहरी : सामान्य घरेलु विवाद क्षणमै ज्यानै लिने खतरामा परिणत हुन सक्छ भन्ने उदाहरण सुनसरीको दुहबीमा देखिएको छ । दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रका एक व्यक्तिले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाउँदा महिला गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार ३३ वर्षीय मुस्तफा सेखले घरायसी वादविवादकै क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनमाथि पेट्रोल खन्याएर आगो सल्काएका...

पश्चिमी वायूको प्रभाव: तराईमा हुस्सु-कुहिरो

पश्चिमी वायूको प्रभाव: तराईमा हुस्सु-कुहिरो
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौ...

प्रभातपाल र स्मारिका फिचर्ड राजु लामाको ‘फेरि भेटौंला’ सार्वजनिक

प्रभातपाल र स्मारिका फिचर्ड राजु लामाको  ‘फेरि भेटौंला’ सार्वजनिक
काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायक राजु लामाको नयाँ गीत 'फेरि भेटौंला' सार्वजनिक भएको छ । सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको बजारमा चिर परिचित तथा पहिचान बोकेको गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् । बिहिबार बेलुका सार्वजनिक गीत 'फेरि भेट...