काठमाडौं। प्रहरीले क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने÷खेलाउने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगर–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार, परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद रहेका छन्।

पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया