सूचना प्रविधिको प्रयोगप्रति निर्वाचन आयोग संवेदनशील छः आयुक्त भण्डारी

सूचना प्रविधिको प्रयोगप्रति निर्वाचन आयोग संवेदनशील छः आयुक्त भण्डारी
काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत...

जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति
ढल्केबर, माघ १ गते । धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुर गाउँमा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्‍याएकाे छ । बुधबार राति करिब ११ बजे गाउँ चार वटा जङ्गली हात्ती गाउँ प्रवेश गरेर तीन वटा घरमा क्षति पुर्‍याएकाे हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार हात्तीले सुकुमाया मिजार, प्रेम लामा र खले मिजारको कच्ची घरमा क्षति पु¥याएका हुन् । हात्तीले घरको कच्ची बेर...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते
भद्रपुर (झापा), माघ १ गते ।कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे. १ च. ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना. ५ ख. २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका-८ की ४० वर्षीया सुष्मा राजवंशी उहाँका १८ महिनाका...

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै
काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज पनि २ वटा खेल हुँदैछन् । पहिलो खेल विहान ११ बजे सातदोबाटो युथ क्लब र संकटा एफसी र दोस्रो खेल दिउँँसो ३ बजे लालिगुराँस एशोसिएसन र जावलाखेल युथ क्लबबीच हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । यसअघि हिजो श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा दुवै टोलीले १–१ गोल ...

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौँ - सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको...

आजको राशिफल ~वि.सं. २०८२ माघ ०१ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ माघ ०१ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
काठमाडौं । २०८२ माघ १ गते (१५ जनवरी २०२६) बिहीवार, माघ कृष्णपक्ष द्वादशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बा...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च
काठमाडौं, पुस ३० गते । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु. पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन रु. दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ३४० मा कारोबार भएको ...

निगालो होटल लिमिटेडले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

निगालो होटल लिमिटेडले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौँ / निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको पनि सभागिता ...

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्न सक्छः अध्यक्ष लिङदेन

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्न सक्छः अध्यक्ष लिङदेन
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सामान्य रुपमा कठिन जस्तो ला...

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द
हुम्ला । हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरू आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क...