काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको बताएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमको भनाइ छ।

निगमले पेट्रोलको पहिलो वर्गको मूल्य २१४।५० र दोस्रो वर्गको मूल्य २१६ र तेस्रो वर्गको मूल्य २१७ रहेको बताएको छ।

यस्तै, डिजेल तथा मट्टीतेलको पहिलो वर्गको २२२.५० रुपैयाँ र दोस्रो वर्गको २२४ र तेस्रो वर्गको २२५ रहेको बताएको छ ।

हवाई इन्धनको आन्तरिकतर्फ २६९ रुपैयाँ रहेको जनाएको छ । एलपी ग्यासको १४।२ केजीको मूल्य २१६० रहेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया