इन्डिगो आफ्नो २० वर्षको इतिहासमा सबैभन्दा ठूलो सङ्कटमा, एकैदिन १ हजारभन्दा धेरै उडान रद्द
भारतको सबैभन्दा ठूलो मध्येको एअरलाइन्स कम्पनी इन्डिगोका उडानहरू आज पाँचौं दिन पनि रद्द भएका छन् । इन्डिगोले आज ३ सय ८५ उडान रद्द गरेको र विमानस्थलमा सयौं यात्रु प्रभावित भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
पाइलटहरूको काम गर्ने समय सीमित गर्ने नयाँ नियमहरूका लागि पर्याप्त योजना बनाउन असफल भएपछि पाइलटहरूको अभावका कारण इन्डिगोले यस हप्ता हजारौं उडान रद्द गरेको छ । शुक्रवार इन्डिगोले १ हजारभन्द...









