काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले मंगलबार बिहान छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-७ मेघराज मार्गस्थित घरमा पुगेर छापा मारेको हो ।

देवनरा ग्रुप विराटनगरका उद्योगपति देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो । यी चार दाजुभाइले समूहमार्फत तेल, साबुन, अगरबत्ती, चप्पल तथा चाँदीका गहना उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका छन् ।

समूहअन्तर्गत जेजे ज्वेलर्स, बाबा आयल रिफाइनरी, हाइलाइफ चप्पललगायतका उद्योग सञ्चालनमा छन् । देवेनरा ग्रुपलाई नेपालको सबैभन्दा ठूलो चाँदी उद्योग सञ्चालन गर्ने औद्योगिक समूहका रूपमा समेत चिनिन्छ ।

प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष समेत हुन् । प्रहरीले घरमा खानतलासीबारे थप विवरण सार्वजनिक गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया