सप्तरी । सुरूङ्गा नगरपालिका ४ पन्सेराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय राजेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







