तीन लाख नाघ्यो सुनको मूल्य

तीन लाख नाघ्यो सुनको मूल्य
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेर तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति खुला

इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति खुला
काठमाडौं। अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण सरकारले बन्द इजरायलसहितका चार मुलुकको श्रम स्वीकृति पुनः खुलाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयपछि इजरायल, कुवेत, बहराइन र लेबनानमा बन्द गरिएको श्रम स्वीकृति पुनः खुलाइएको हो। वैदेशिक रोजगार विभागका अनुसार गत फागुन १७ मा सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई दृष्टिगत गर्दै...

आजदेखि देशभर आर्थिक गणना हुँदै

आजदेखि देशभर आर्थिक गणना हुँदै
काठमाडौं। आज बुधबारदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन्। अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्या...

सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ सितार बादिका विजया शर्मालाई प्रदान

सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ सितार बादिका विजया शर्मालाई  प्रदान
काठमाडौं – सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त अवार्डमा वरिष्ठ सितार बादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको...

राष्ट्र बैंक कार्यकारी निर्देशमा मुक्तिनाथ सापकोटा र हिमप्रसाद न्यौपानेको बढुवा

राष्ट्र बैंक कार्यकारी निर्देशमा मुक्तिनाथ सापकोटा र हिमप्रसाद न्यौपानेको बढुवा
काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ दुई पदमा रिक्त कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)काे पदपूर्ति गरेकाे छ। राष्ट्र बैंकको मानव संसाधन विभागका अनुसार हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा रिक्त कार्यकारी निर्देशकमा बढुवा भएका हुन्। राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसमेत) बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतमध्येबाट निर्देशक (अधिक...

पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि
मोरङ । नेपाल आयल निगम ले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । नयाँ समायोजनसँगै सर्वसाधारणको दैनिक खर्च थप बढ्ने देखिएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाइएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर १०० रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यसूचीअनुसार अब १४.२...

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो। आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रश...

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर
लक्ष्मी सापकोटा ,काठमाडाैँ, चैत २५ गते । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो । सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटा...

आगजनी पीडितलाई चान्दनी फाउन्डेसनद्वारा राहत वितरण

आगजनी पीडितलाई चान्दनी फाउन्डेसनद्वारा राहत वितरण
रंगेली–९, शान्तिचोकमा आज भएको आगजनी घटनाबाट तीन घरपरिवार घरबारविहीन भएका छन्। आगलागीका कारण पीडित परिवारले ठूलो क्षति बेहोर्नु परेको छ। यसैबीच, चान्दनी फाउन्डेसनले घटनास्थलमै पुगेर स्थलगत अनुगमन गर्दै पीडित परिवारलाई राहत वितरण गरेको छ। संस्थाका अध्यक्ष परमेश्वर प्रसाद शाहको नेतृत्वमा गएको टोलीले पीडितलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। फाउन्डेसनले यस मानवी...

भोलिदेखि कोशी पर्यटन महोत्सव आयोजना, पर्यटकीय गन्तव्य प्रवर्द्धनमा जोड

भोलिदेखि कोशी पर्यटन महोत्सव आयोजना, पर्यटकीय गन्तव्य प्रवर्द्धनमा जोड
सुनसरी। कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार वराहक्षेत्र–ठाकुरबारीस्थित १२ नम्बर रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सां...