रंगेली–९, शान्तिचोकमा आज भएको आगजनी घटनाबाट तीन घरपरिवार घरबारविहीन भएका छन्। आगलागीका कारण पीडित परिवारले ठूलो क्षति बेहोर्नु परेको छ।

यसैबीच, चान्दनी फाउन्डेसनले घटनास्थलमै पुगेर स्थलगत अनुगमन गर्दै पीडित परिवारलाई राहत वितरण गरेको छ। संस्थाका अध्यक्ष परमेश्वर प्रसाद शाहको नेतृत्वमा गएको टोलीले पीडितलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री सहयोगस्वरूप प्रदान गरेको हो।

फाउन्डेसनले यस मानवीय कार्यमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवारको सहयोगका लागि विभिन्न संघ–संस्था, रेडक्रस, स्थानीय तह तथा समाजसेवी व्यक्तित्वहरूलाई समेत सहयोगका लागि अपिल गरेको छ।

तपाईको प्रतिक्रिया