काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ दुई पदमा रिक्त कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)काे पदपूर्ति गरेकाे छ। राष्ट्र बैंकको मानव संसाधन विभागका अनुसार हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा रिक्त कार्यकारी निर्देशकमा बढुवा भएका हुन्।
राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसमेत) बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतमध्येबाट निर्देशक (अधिकृत प्रथम) लाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्ने निर्णय भएको सूचना प्रकाशित गरिएको हो।








