काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेर तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया