कल्याणपुर (सप्तरी), मङ्सिर २६ गते । सप्तरीको सुरुङ्गा नगरपालिकामा तीनदिने निःशुल्क आँखा उपचार स्वास्थ्य शिविर सुरु भएको छ ।

सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्रज्योती सङ्घ, सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो ।

शिविरको पहिलो दिन बिहीबार वडा नम्बर २ स्थित जनता मावि भेडियाबाट २४८ जनाले सेवा लिएको सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गीता चौधरीले बताउनुभयो ।

उहाँले १४९ जना महिला र ९९ जना पुरुषले सेवा लिएकोमा त्यसमध्ये ७८ जना मोतियाविन्दुको रोगी भेटिएकाले उहाँहरुको निःशुल्क अपरेसन गरिने जानकारी दिनुभयो ।

निःशुल्क शिविरमा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का स्थानीयवासीले आँखा परीक्षण तथा उपचार सेवा लिएको नगरप्रमुख चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया