आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहर...

पन्ध्र सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

पन्ध्र सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पन्ध्र सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौँको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महालक्ष्मी नगरपालिका–७ जितपुर बजारमा सञ्चालन निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्द...

पत्नी हत्याका अभियुक्त ८ वर्षपछि मोरङबाट पक्राउ

पत्नी हत्याका अभियुक्त ८ वर्षपछि मोरङबाट पक्राउ
इटहरी : भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्त नारदमणि राईलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरिएको छ। भोजपुर–६ देउरालीका ६३ वर्षीय राईले २०७४ साउन १९ गते राति करिब १ बजे घरायसी विवादका क्रममा पत्नी अम्बिका श्रेष्ठ (राई), ४६ को कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेलगत्तै उनी गाउँबाट फरार भएका थिए । त्यसयता लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए। ...

आगलागीका घटना बढेकाले सावधानी अपनाउन विपद् प्राधिकरणको आग्रह

आगलागीका घटना बढेकाले सावधानी अपनाउन विपद् प्राधिकरणको आग्रह
काठमाण्डौ – पछिल्लो एक महिनामा देशका विभिन्न ठाँउमा आगलागीका घटनामा परेर आठ जनाको ज्यान गएको छ, भने ५५ जना घाइते भएका छन् । पछिल्लो समय सुख्खा र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएकोले सुरक्षामा विशेष सर्तकता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आज विशेष अनुरोधमार्फत् पछिल्लो समयमा विद्युट सट् भएर, खाना पकाउने ग्यास लिक भएर, घरमा ...

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मंसिर २५ गते सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूले वास्त...

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
पाल्पा – पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका–४ मित्यालको चिउरेवासमा आज विहान लु १ ज ३९०८ नम्वरको जीप दुर्घटना भएको हो । जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन । घाइतेहरुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

सुविधायुक्त बसपार्क सञ्चालन गर्नै सकस

सुविधायुक्त बसपार्क सञ्चालन गर्नै सकस
जनार्जन खत्री सर्लाही, मङ्सिर २६ गते । सर्लाही सदरमुकाम मलङ्गवामा तीन वर्षअघि नै निर्माण भएको सुविधायुक्त बसपार्क सञ्चालन गर्न नगरपालिका कार्यालयलाई निकै सकस परेको छ । गएको आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा पुस १ गतेदेखि बसपार्क सञ्चालन गर्ने गरी मलङ्गवा नगरपालिका कार्यालयले तयारी अघि बढाउने निर्णय भएको थियो । बस व्यवसायीले मलङ्गवा नगरपालिका–९, मा वर्षौदेखि प्रयोग गर्दै आइरहेको क...

नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने
मलेखु (धादिङ)। दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने ...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर   

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर   
काठमाण्डू । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।          नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।           बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थिय...

  मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे       

  मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे       
मुस्ताङ । यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।          किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए ...