एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्क...

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
काठमाण्डू । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थ...

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै   

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै   
काठमाण्डू । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाख...

एन जेड शालु र मुकेश गुरुङको अभिनयमा नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक

एन जेड शालु र मुकेश गुरुङको अभिनयमा नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक
काठमाडौँ — रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले संयोजन गरेका छन्। गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन् । गीतको एरेन्ज विशाल निरौलाको गरेका हुन । रोमान्टिक भाव र आधुनिक प्रस्तुति समेटिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोता...

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका
सुलीकोट, मङ्सिर २७ गते । गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आरुघाट गाउँकार्यपालिकाको केहि दिन अघि बसेको बैठकले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, विशेष गरी आँखासम्बन्धी रोगले गाउँमा बढ्दो प्रभावलाई मध्यनजर गर्दै यो महत्त्वपूर्ण कदम चाल्ने निर्णय गरेको हो । आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठका अनुसार...

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै
काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार...

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ
काठमाडौँ, मङ्सिर २६ गते। विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्। सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मि...

झुमा लिम्बूले ल्याइन् कर्णालीको स्थानीय स्वाद भरिएको गीत ‘कर्नाली सलल’

झुमा लिम्बूले ल्याइन् कर्णालीको स्थानीय स्वाद भरिएको गीत ‘कर्नाली सलल’
काठमाडौं । बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया–प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो । कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गर...

आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर २७ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर २७  गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,...

कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ
विराटनगर / कोशी अस्पतालको शौचालयबाट भागेका एक थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । मोरङको कटहरी–१ का २० वर्षीय मोहम्मद राजु शुक्रबार बिहानका राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी निमित्त प्रमुख डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । राजु चोरी मुद्दाका अभियुक्त हुन् । जिल्ला अदालत मोरङबाट पुर्पक्षका लागि थुनामा पठाइएका राजुलाई पेट दुखेपछि असोज १२ गते उपचारका लागि कोशी अस्पत...