सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाण्डाै – सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुङ्गानासहितका युवाहरूले माइतीघरमा गरेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि हटाएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरेका उनीहरूले स्थानीय प्रशासनबाट अनुमति नलिएको भन्दै प्रहरीले केहीलाई पक्राउ गर्दै त्यहाँबाट हटाएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले छाडिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठम...

७० औँ बार स्थापना दिवस मनाइयो

७० औँ बार स्थापना दिवस मनाइयो
काठमाडौँ, पुस ७ गते । नेपाल बार एसाेसिएसनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू, बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरूले संस्थापकहरूको तस्बिरमा मा...

राप्रपाकी नेतृ कुन्ती पोखरेल भन्छिन: अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउँछु

राप्रपाकी नेतृ कुन्ती पोखरेल भन्छिन: अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउँछु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस भएकी छन्। राप्रपाको क्षेत्रीय कार्यसमितिले युवा नेतृ पोखरेललाई प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो। पोखरेल २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्, जहाँ उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग झिनो मतान्त...

सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्रगति विवरण सार्वजनिक

सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्रगति विवरण सार्वजनिक
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक गरेका छन् ।आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् ।प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको जानकारी गराए । छापाखाना तथा प्रकाश...

जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ : रवि लामिछाने

जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् ।आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई...

आजको राशिफल ~वि.सं. २०८२ पौष ०७ गते सोमबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष ०७ गते सोमबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरी आएको कामलाई निरन्तरता...

गोठगाउँ लायन्सले गर्याे ट्राफिक सचेतनामूलक कार्यक्रम

गोठगाउँ लायन्सले गर्याे ट्राफिक सचेतनामूलक कार्यक्रम
गोठगाउँः लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीको आयोजनामा शनिबार ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचा–७ स्थित पञ्चायत माध्यमिक विद्यालय गोठगाउँमा भएको सचेतनामूलक कार्यक्रममा प्रहरी सहायक निरीक्षक नारायणप्रसाद लुइँटेलले सहजीकरण गरेका थिए । उनले सहभागीहरूलाई सडक सुरक्षासम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट चिफ नगेन्द्...

केही दिनयता भालु आक्रमणबाट पशुचौपाया मरे

केही दिनयता भालु आक्रमणबाट पशुचौपाया मरे
ताप्लेजुङ : फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरेको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चार वटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि विभिन्न स्थानमा भालु देखिन थालेप...

वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने सुजन आले मगर पक्राउ

वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने सुजन आले मगर पक्राउ
काठमाण्डौं, ६ पुस । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा ठगी गर्ने एक व्यक्तिलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. १३ घर भई हाल ललितपुर बस्ने २४ वर्षीय सुजन आले मगरलाई प्रहरीले काठमाण्डौंको भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका मगरले पीडित व्यक्तिलाई...

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देख...