झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । आज पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले गिरोहको विवरण सार्वजनिक गरेको छ । ...








