राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस भएकी छन्।
राप्रपाको क्षेत्रीय कार्यसमितिले युवा नेतृ पोखरेललाई प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो। पोखरेल २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्, जहाँ उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग झिनो मतान्तरले पराजित भएकी थिइन्।
यसपटक जित सुनिश्चित गर्ने उद्देश्यका साथ पोखरेल सोही क्षेत्रमा सक्रिय रूपमा खटिएकी छन्। काठमाडौं–२ अन्तर्गतको प्रदेशसभा निर्वाचनमा राप्रपाले जित हासिल गरिसकेको छ भने शंखरापुर नगरपालिका पनि राप्रपाको नेतृत्वमा रहेको छ।
अघिल्लो निर्वाचनमा पराजय बेहोरे पनि त्यसपछि निरन्तर जनतासँगै सक्रिय रहँदै आएको उल्लेख गर्दै पोखरेलले यसपटक अघिल्लो नतिजा उल्टिने विश्वास व्यक्त गरेकी छन्।





