नवौं भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि सुरु हुँदै
काठमाडौं ।
आगामी पुस ११ गतेदेखि हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुँदैछ ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीले सहभागी जनाउनेछन । यसपटक मा गण्डकी प्रदेश भने च्याम्पियनसिप नखेल्ने भएको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ । महिलातर्फ ती...









