राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालसम्म ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीले भदौ मसान्तभित्र बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अ...









