वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन
काठमाडौँ, पुस २६ गते । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका...

तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने : अध्ययन

तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने : अध्ययन
विराटनगर / तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने एक अध्ययनले देखाएको छ । तौल घटाउने सुईहरू द्रुत गतिमा लोकप्रिय हुँदै गइरहेका छन्, तिनीहरूलाई ‘स्किनी ज्याब्स’ वा सामान्यतया ‘स्लिमिङ इन्जेक्शन’ भनेर चिनिन्छ । ‘मन्जारो’ वा ‘भिगोभी’ जस्ता तौल घटाउने यी सुईहरूले भोक कम गर्छन् र छिटो तौल घटाउन मद्दत गर्छन् । तौल घटाउने सुईले बढी तौल भएका व्यक्तिहरूको तौल उल्लेखनीय रूपमा घटाउने ...

खेलाडी, मेनेजर, टिम प्रशिक्षकलाई तारकेश्वरको सम्मान

खेलाडी, मेनेजर, टिम प्रशिक्षकलाई तारकेश्वरको सम्मान
विराटनगर/ दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, टिम प्रशिक्षकलाई र खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ। नगरपालिको सभा हलमा आयोजित कार्यक्रममा मेयर कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा २ का वडाध्यक्ष एवं नगर प्रवक्ता राजकृष्ण खड्गी, प्रश...

थलीमा बसको ठक्करले युवतीको मृत्यु

थलीमा बसको ठक्करले युवतीको मृत्यु
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका थलीमा बसको ठक्करले एक युवतीको मृत्यु भएको छ। बा ५ ख २५६२ नम्बरको सार्वजनिक बसले ३–०१ ०१३ प ९५४ नम्बरको स्कुटरमा सवार २४ वर्षीया आयुसा सिंखडालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बौद्ध ट्राफिक प्रहरीले जनायो।उनी थलीकै बासिन्दा हुन्। घटनापछि स्थानीयले सडक अवरोध गरेर विरोध गरिरहेका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जङ्गलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् । त्यस्तै, आजै दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जङ्गलबाट घाँस काटेर फर्क...

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च अधिकारीहरूले आज प्रधानमन्त्री कार्कीलाई भेटेर यसबारे जानकारी गराएकाे हाे । आयोगले चुनावका लागि आउँदाे माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता ज...

फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङमा साढे चार हजार वढि निर्वाचन प्रहरी भर्ना गरिने

फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङमा साढे चार हजार वढि निर्वाचन प्रहरी भर्ना गरिने
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा साढे चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउन ४ हजार ५ सय ५४ जना निर्वाचन प्रहरी भर्नाका लागि आइतबारदेखि दरखास्त आह्वान गरिएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार भर्ना हुनेमध्ये ५ सय ७१ जना सशस्त्र प्रहरी बलतर्फ र बाँकी नेपाल प्रहरीतर्फ रहनेछन्। निर्वाचन...

कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालन

कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालन
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिका बाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरे । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुक...

पौष २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल

पौष २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष कृषि, पशुपालन तथा साना तिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा विशेष सावधानी अपनाउनु होला । बेकारको विवादमा फसिने सम्भावना छ, त्यसैले बोल्दा धैर्य गर्नु उत्तम हुनेछ । व्यापारमा भने फाइदा हुने देखिन्छ । पेशागत रूपमा केही समस्या आउन सक्छ । मुद्दा मामिलामा पर्न सकिने र अनौठा समाचार सुन्न पाइने योग छ । वृष कामकाजमा केही समस्याको सामना गर्नुपर्ला । गलत लेनदेनका कारण अप्ठ्यारो आउन सक्छ । जा...

क्रमिकले १६ थान सिमकार्ड चलाएपछि…

क्रमिकले १६ थान सिमकार्ड चलाएपछि…
काठमाडौँ, पुस २५ गते । आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले वाइड–स्पेस इन्टरनेसनल प्रालिका नाममा जारी भएको प्यान नम्बर लगायतका कागजातको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र...