यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थान...

‎नेपाल एसिया कपमा छनोट, जित्यो एसिया प्रिमियर कपकाे उपाधि

‎नेपाल एसिया कपमा छनोट, जित्यो एसिया प्रिमियर कपकाे उपाधि
‎काठमाडौं । आसिफ शेखको सतक तथा गुल्शन झाको अर्धसतकमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्न छनाेट भएको छ । ‎शनिबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले तीन सय १४ रनको लक्ष्य दिएको थियोे । प्रत्युत्तरमा युएई ४९ ओभरमा सबै विकेट गुमाउँदा मात्र २६८ रन बनाउन सक्यो । ‎ ‎यो फाइनल जित्नेसँगै नेपाल सन् २०२७ को एसिया कपमा स्थान बनाउन सफल भएको छ । नेपाल र युएई दुबै दोस्रो...

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० को पूर्वस्वीकृति रोक्का

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० को पूर्वस्वीकृति रोक्का
काठमाडौं, २८ भदौ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा आबद्ध भई सिन्डिकेट कायम गर्न खोजेको आशंकामा नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) संस्थाहरूमाथि कडा छानबिन र कारबाही प्रक्रिया अघि बढाएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयबमोजिम वैदेशिक रोजगार विभागले उक्त कदम चालेको हो। विभागले एफडब...

आज तिजको दर खाने दिन

आज तिजको दर खाने दिन
काठमाडौं । आज तीजको दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ । त्यसपछि भोली हरितालिका तीजका लागि निराहर ब्रत बस्ने च...

२०८३ भाद्र २८ गते आइतबार: आजको राशिफल

२०८३ भाद्र २८ गते आइतबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ भाद्र २८ गते आइतबार ईस २०२६ सेप्टेम्बर १३ नेपाल सम्बत ११४६ गुलागा द्वितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष द्वितीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ...

उत्तरी गोरखाका तीन गर्भवतीको हेलिकप्टरबाट उद्धार

उत्तरी गोरखाका तीन गर्भवतीको हेलिकप्टरबाट उद्धार
गुणबहादुर रोका  गोरखा, भदौ २७ गते ।  डेलिभरीको अनुमानित मिति गुज्रिएको दश दिनसम्म पनि सुत्केरी व्यथा नलागेपछि उत्तरी गोरखाका तीन गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका – ३ पाङसिङका पसनी गुरुङ, सोहि ठाउँकी सुजता गुरुङ र वडा नम्बर ६ चुम्चेतकी एलिसा लामालाई शनिबार उद्धार गरि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो । जिल्लाको दुर्गम क्षेत्रमा सडक पहुँच नहुँदा समयमै अस्पताल ...

दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क

दमकमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क
विष्णुप्रसाद पोखरेल  दमक, भदौ २७ गते । इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ । कार्यालयले बुधबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि कार्यालयबाटै निःशुल्क फाराम भरिदिने सेवा सुरू गरेको हो । यससँगै कार्यालय आसपास खुलेका विभिन्न सेवा केन्द्रमा पुगेर अनलाइन फाराम भरेबाप...

कोशीमा ऐतिहासिक इनार संरक्षणमा उराँव समुदाय

कोशीमा ऐतिहासिक इनार संरक्षणमा उराँव समुदाय
इनरुवा, भदौ २७ गते । सुनसरीको कोशी गाउँपालिका ३ का ७८ वर्षीय छेवीलाल उराँव घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ ।उराँव समुदायको जातीय संस्कार, संकृतिसंग जोडिएको पौराणिक तथा सयौं वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो । टुबेल (कल) धारा र मोटरको पानी आउन थालेपनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनार वरीपरी सरसफाई ...

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग...

भोटेकोशी बाढीमा कुन क्षेत्रमा कति भयो नोक्सान ?

भोटेकोशी बाढीमा कुन क्षेत्रमा कति भयो नोक्सान ?
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक क्षति तथा नोक्सानी भएको प्रारम्भिक मूल्यांकन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको द्रुत क्षति तथा आवश्यकता आकलन टोलीले तयार पारेको प्रतिवेदनले विपद्पछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखाएको ...