किर्ते गरेको अभियोगमा एक झापाली पक्राउ
काठमाडौं, २ साउन । विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक पक्राउ परेका छन् ।सो अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सफराजले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरील...