काठमाडौं। नेपाल आयल निगमले बुधबारदेखि पेट्रोलियम मूल्य घटाएपछि पेट्रोलपम्प व्यवसायीले इन्धन वितरण नगर्दा चुलिएको अभाव अब भने हट्ने भएको छ। निगमले पेट्रोलपम्प नखोल्ने व्यवसायीको लाइसेन्स खारेज गरिने चेतावनी दिएपछि उपत्यकाका सबै पेट्रोलपम्प खुलेका हुन्।
पेट्रोलपम्पले मूल्य घट्ने अनुमानमा तेल नउठाउँदा ‘पेट्रोल छैन’ को बोर्ड टाँसेर पम्प बन्द गरेपछि निगमले एक्सन लिएको हो।
पेट्रोलियम अभावपछि निगमले काठमाडौं उपत्यकामा तीन टोली परिचालन गरी अनुगमन गरिरहेको छ। थप मूल्य घट्ने भन्दै अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएपछि समस्या देखिएको निगम प्रवक्ता मनोज ठाकुरले बताए। निगमले चेतावनी दिएसँगै अधिकांश पेट्रोलपम्प खुला भएको र अनुगमन जारी रहेको उनको भनाइ छ।
पेट्रोलियम अभाव देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको ठाकुरले बताए। ‘टोलीलाई बन्द पेट्रोलपम्प अनुगमन गर्ने र इन्धन वितरण नगरेको पाइए तत्कालै शिल गर्न निर्देशन दिइएको छौं। उपत्यका बाहिर पनि प्रादेशिक कार्यालयलाई अनुगमन गर्न भनिएको छ,’ उनले भने।
डिलरबाट पम्पले मागेजति इन्धन लगे पनि अझ सस्तिने आशंकामा पेट्रोलियम व्यवसायीले पम्म बन्द गर्दा अभाव देखिएको उनको दाबी छ।पेट्रोलियम अभाव देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको ठाकुरले बताए।
‘टोलीलाई बन्द पेट्रोलपम्प अनुगमन गर्ने र इन्धन वितरण नगरेको पाइए तत्कालै शिल गर्न निर्देशन दिइएको छौं। उपत्यका बाहिर पनि प्रादेशिक कार्यालयलाई अनुगमन गर्न भनिएको छ,’ उनले भने।
डिलरबाट पम्पले मागेजति इन्धन लगे पनि अझ सस्तिने आशंकामा पेट्रोलियम व्यवसायीले पम्म बन्द गर्दा अभाव देखिएको उनको दाबी छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले मंगलबार पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो।







