उषा सरदार, १५ असार

इतिहासको धुलोमा हराउदै राजा धनपाल पहिचान खोज्दै धनपालथान
उषा सरदार, २२ असार
कोशी प्रदेशको राजधानी बिराटनगर महानगरपालिका देखि करि १० किलो मिटर पुर्व दक्षिण धनपालथान गाउँ पालिका वडा नम्बर ७ रजवडा (साबिक कदमाहा) मा रहेको राजा धनपालसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थल अहिले पनि संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ। मोरङ जिल्लाको धनपालथान गाउँपालिका को नाम नै प्राचीन राजा धनपालको नामबाट राखिएको हो। स्थानीय इतिहास, जनश्रुति र विभिन्न अध्ययनका आधारमा यो क्षेत्र पूर्वी नेपालको महत्वपूर्ण ऐतिहासिक सम्पदाका रूपमा चिनिन्छ। इतिहासकारहरूका अनुसार नेपाल एकीकरणपूर्व पूर्वी तराई क्षेत्रमा साना–साना राज्यहरूको अस्तित्व थियो। त्यही क्रममा पाल वंशका राजा धनपालले मोरङ क्षेत्रको एक भागमा शासन गरेको विश्वास गरिन्छ। राजा धनपालको दरबार रहेको स्थानलाई पछि “धनपालथान” भनिन थालियो र सोही नामबाट अहिलेको गाउँपालिकाको नामाकरण गरिएको मानिन्छ। उक्त धार्मिक ठाउँमा दैबिक शक्ति रहेको स्थानियहरु बताउछ्न।
२०५१ सालदेखी राजा धनपालको पुजारीको रुपमा पुजा गर्दै आउनु भएको लक्ष्मी केटब उहाँले केवल पुजारी नभई इतिहासको साक्षी पनि हुनु हुन्छ। उहाँका अनुसार साबिक कदमाहा गाबिसका स्थानीय ओनाई बिश्वास र उहाँको श्रीमति गुजरी देबि केवट ( बिश्वास)को बिवाह भएको धेरै वर्ष सम्म सन्तान नहुदा उहाँले राजा धनपालको दैबिक स्थालमा आएर सन्तान भयो भने गाइगोरुलाई पानी खान पोखरी खनिदिने भाकल गर्नु भएको थियो। त्यस लगतै उहाँको सन्तान भयो। भाकल पूरा भए पछि ओनाई बिश्वासले राजा धनपालको उत्तर पट्टिको ऐलानी जग्गामा २०१८ सालमा पोखरी खन्दैगर्दा जमिनमुनिबाट बहुमुल्य धातुका खाना पकाउने ठुलो ठूलो भाडाकुडाहरु भेटिएको प्रत्यक्षदर्शी लक्ष्मी केवटले बताउनु भयो। केवटले पोखरी खन्दै गर्दा त्यसको आसपासमा सिसाको इनार समेत भेटिएको बताउनु भयो। उहाँले पोखरीबाट निश्केको एकट्रक जति बहुमुल्य धातुका भाडाकुडा पुरातत्त्व बिभागको अभिलेखालयमा राखिएको बताउनु भयो। २०२२ सालमा त्यहिको स्थानीय १ सय वर्शको बृद्धा सुमृत कामत ३ दिन सम्म पोखरि भित्र हराएको थियो ३ दिन पछि उक्त बृद्धा स्वकुसल पोखरीबाट बाहिर आएको घटनालाई समरण गर्दै प्रत्यक्षदर्शी केवटले राजा धनपालको महिमाको गुणगान गर्नु भयो।
पुजारी केवटका अनुसार दैबिक स्थान राजा धनपालथानमा आएर साँचो मनले भाकल गर्दा मनकामना पूरा हुने गरेको जनबिस्वास रहेको छ। २०७१ साल चैत्र महिनामा यश ठाउँमा भगवान बिष्णुको हजारौं वर्श पुरानो १० हात भएको बहुमुल्य प्राचीन मुर्ति भेटिएको थियो। सुरक्षाको कारण देखाउदै उक्त मुर्ति अहिले पनि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । उक्त ठाउँमा अहिले पनि घोडा अङ्कित चाँन्दिको सिक्का लगायत बहुमुल्य समानहरु भेटिने गरेको छ। राजा धनपाल संरक्षण समितिका उपाध्यक्ष प्रमोद शर्मालेपहिले राजा धनपालको पोखरी सहित ४ बिघा ५ कट्ठा जग्गा राजा धनपालको नामबाट भोगचल गर्दै आएको थियो तर पछिल्लो समय ओनाई बिश्वासले खनेको पोखरी १ बिघा ५ कठ्ठा बिश्वासको छोरा श्यामसुन्दर बिश्वासको नाममा रहेको छ। अहिले राजा धनपालको नाममा ३ बिघा जग्गा मात्र रहेको छ। समितिका अनुसार उक्त पोखरी राजा धनपालको रहेकोले पोखरी संस्थाको नाममा आउनु पर्ने माग गरेको छ। २०६० सालमा संजय सिंहको नेतृत्वमा संरक्षण समिती निर्माण गरि सके पछि समितिले यसको संरक्षणको लागि पहल गरिरहेको उपाध्यक्ष शर्माले बताउनु भयो। समितिले राजा धनपाल परिसर भित्र २०५८ सालमा जिल्ला बिकास समितिबाट २ चोटि आएको जम्मा ७ लाख बजेटबाट एक कोठे भवन बनाएको थियो ।
त्यसपछी पहिलो संविधान सभाबाट निर्वाचित भएको मोरङ धनपालथान गाउँ पालिकाको रमान्नद मण्डलले २०६६ सालमा दिएको ३ लाख बजेटबाट टहरा निर्माण गरिएको छ। कदमाहा गाबिसले २ पटक ५ ,५ लाख गरि १० लाख दिएको बजेटबाट सामुदायिक भवन को कुर्सी निर्माण गरि अधुरो अवस्थामा रहेको छ।
त्यसपछी २०७४ सालमा धनपालथान गाउँ पालिकाको अध्यक्ष हरिलाल सिंहले घेराबेराको लागि२ चोरी १० र १० लाख गरेर दिएको बजेट बाट अहिले पालिकाको पुर्व र उत्तर पट्टि आधा अधुरो घेराबेरा गरिएको छ। २०७७ सालमा वडा नम्बर ७ को वडा अध्यक्ष हरिप्रसाद यादबले दिएको २ लाख ५० हजार बजेटबाट २ कोठे पक्की शौचालय निर्माण गरिएको छ।
धनपालथान गाउँ पालिकाको अध्यक्ष हरिलाल सिहकै पालामा २०७८ सालमा धनपालथान गाउँ पालिकाबाट मन्दिर निर्माणको लागि ५५ लाख बजेट बिनियोजन गरिएको थियो। पालिकाले राजा धनपाल संरक्षण समितिलाई जानकारी नगराई पालिकाले मन्दिर निर्माण टेण्डर प्रक्रिया मार्फत ३५ लाखमा ठेक्का लगाएको थियो। ठेकेदारले मन्दिर निर्माणको नक्सा बिराटनगरको काली मन्दिर जस्तै दुई तल्ले मन्दिर निर्माण गर्ने भनिए पनि पछि समान्य मन्दिर निर्माण गर्न लागे बिवाद उत्पन्न भए पछि संरक्षण समितिले पालिका विरुद्ध उच्च अदालतमा मुद्दा हालेको थियो। २०७८ सालमा उक्त मुद्दाको फैसला समितिकै पक्षमा आएको शर्माले जानकारी दिनु भयो। पालिका र ठेकेदारको बिवादका कारण मन्दिर निर्माण कार्य पूरा हुन सकेन र मन्दिर अधुरै अवस्थामा रहेको छ। हाल २०८२ सालमा गाउँ पालिकाले सिमेन्टको मुर्ति निर्माणको लागि १० लाख बजेट बिनियोजन गरेको थियो। अहिले राजा धनपालमा हात्तिमा चढेको बच्चा सहित राजा धनपाल र बनकाली देबिको प्रतिकात्मक सिमेन्टको मुर्ती राखिएको छ। मुर्तिको प्राण प्रतिष्ठा गर्ने तयारी गरिरहेको छ। यहि आर्थिक वर्षमा कोशी प्रदेशको शहरी बिकास कार्यालयबाट मन्दिरको घेराबेराको लागि १० लाख बजेट बिनियोजन गरेको थियो। एक महिना अगाडी मन्दिर परिसर भित्र घेराबेरा निर्माणको लागि माटो खन्दा ऐतिहासिक प्राचीन इट्टा निश्के पछि पुरातत्त्व बिभागले अहिले मन्दिर परिसर भित्र उत्खनन गर्न रोक लगाएको छ। पुरातत्त्व बिभागका अनुसार मन्दिर आसपास माटो मुनि अहिले पनि बहुमुल्य समानहरु हुन सक्ने भन्दै उत्खनन गर्न रोक लगाएको हो । समितिका उपाध्यक्ष शर्माका अनुसार उक्त स्थानमा अहिले पनि माटोको ढिस्कोले पुरेको पुरानो दरवारको भगनावशेर रहेको छ भने साबिकको इनार र पुरानो पिपलको रुखमा चेपिएको ऐतिहासिक इट्टाहरु देख्न सकिन्छ।
पुरातात्विक महत्व बोकेको उक्त क्षेत्र संरक्षणको अभावमा क्रमशः जीर्ण बन्दै गएकोले ऐतिहासिक महत्वका संरचना, अवशेष र धार्मिक स्थलहरू व्यवस्थित संरक्षण नहुँदा नयाँ पुस्ताले यसको वास्तविक महत्व बुझ्न पाएको छैन। यस क्षेत्रको व्यवस्थित उत्खनन, अध्ययन तथा संरक्षण गर्न सकिएमा राजा धनपालको इतिहास अझ स्पष्ट रूपमा बाहिर आउन सक्ने उपाध्यक्ष शर्माले दाबी गर्नु भयो। राजा धनपाल संरक्षण समितिको अध्यक्ष संजय सिंहले २०४२ साल अगाडी राजा धनपालमा रहेको माटोको ढिस्कोलाई रातो माटोले लिपेर कपड़ाको चारैतिर हरियो बासको लिङ्गाले गाडेर पुजा गर्न सुरु गरिएको जानकारी दिनु भयो। सन २०४३ साल पछि उक्त स्थानमा टिनको छानो राखेर पुजा गर्दै आएको थियो। त्यसपछी उक्त मन्दिर भत्कारए अहिले अधुरा मन्दिरमा पुजा गर्दै आएको छ। अधुरा नन्दिर निर्माणको लागि कोशी प्रदेशको पर्यटन वन तथा बाताबरण मन्त्रालय संग पहल समेत गरेको जानकारी दिनु भयो। अध्यक्ष सिंहका अनुसार समितिले अधुरा मन्दिर निर्माणको लागि पहल गर्दै आए पनि गाउँ पालिका र वडाले योजना परिवर्तन गरेर घेराबेराको लागि योजना हाले पछि मन्त्रालयको १० लाखबाट घेराबेरा गरिएको छ । अध्यक्ष सिंहका अनुसार राजा धनपालको अधुरा मन्दिर निर्माणकार्यलाई पूरा गरेर मन्दिर परिसर भित्र कार्यालय खाने पानी र संग्राहलय अति आवश्यक रहेको पताउनु भयो। उहाँले हामिले यसको संरक्षण र ब्यवस्थापनको लागि पटकपटक गाउँ पालिका र प्रदेश सरकार संग पहल गर्दै आएको बताउनु भयो। उहाँले समितिको साधारणसभा सभामा स्थानीय सरकार बुद्धिजीवी र समाजसेवी र पत्रकारहरुलाई बोलाएर राजा धनपालथानको संरक्षणको लागि पहल समेत गर्ने योजना रहेको बताउनु भयो।
अध्यक्ष सिंहले २०६० सालमा संरक्षण समिती गठन भए पनि हामी निरन्तर यसको संरक्षण र बिकासमा लागि रहेको बताउनु भयो उहाँले संरक्षण समितिले नै राजा धनपालथानको प्रागनमा हप्ताको २ दिन आइतबार र बिहिबार हटिया समेत लगाउने गरेको छ। राजा धनपाल बच्चा सहित घोडामा चढेको र साथमा परिवार सहितको आकृति भएको मुर्ति एउटा मन्दिरमा छ। भने अर्को मन्दिरमा बनकाली राजा धनपालको बहिनी छ उहाले बताउनु भयो ।
उहाँले धनपालथान ६ दादरबैरियामा रहेको रनकाली समेत राजा धनपालको बहिनी रहेकोले बैशाख १ गते राजा धनपाल र बैशाख २ गते रनकाली मन्दिरमा मेला लाग्ने गरेको छ। अध्यक्ष सिंहले राजा धनपालको इतिहास र महिमाको उजागर हुन नसकेको कारणले पनि ओझेलमा परेको बताउनु भयो।
राजा धनपालथान संरक्षण समितिको कोषाध्यक्ष जितनलाल मण्डलले राजा धनपालमा हरेक वर्ष चैत्र महिनाको अन्तिम र बैशाख १ गतेको अघिल्लो दिनको राती मन्दिरको गहिदार (मुखिया) ले १२ बजे राती दहि चुउरा को भारसही पुजा सामग्री र बाजा गाजा सहित मन्दिरमा आएर बलि सहित निशी पुजा गर्ने गरेको छ । त्यसको बिहान नया वर्शको दिन बैशाख १ गते भब्य रुपमा मेला समेत लाग्ने गरेको छ।बैशाख १ गते धनपालथानको सिरुवामेला बाट सुरुवात भए पछि बैशाख महिना भरिनै विभिन्न ग्रामदेवताको स्थानमा हरेक दिन नया स्थानमामेला लाग्ने गरेको छ।
मेलामा मोरङ झापा सुनसरी लगायत भारतको भक्तजन हरु समेत आउने गरेको छ। मण्डलका अनुसार नयाँ मन्दिर निर्माणको लागि पुरानो मन्दिर भत्काउन र सिमेन्टको मुर्तिलाई उक्त स्थानबाट हटाउनलाई भत्काउन खोज्दा मन्दिर फुटाउने क्रम्मा आगोको झिल्को निस्कने गरेको बताउनु भयो। उहाले धेरै जनाले भत्काउने प्रयास गर्दा समेत न भत्के पछि त्यसपछी समितिले मन्दिरमा आएर पुजा गरेपछी मात्र उक्त स्थानबाट पुरानो मुर्ति निकालेर मन्दिर भत्काउन सकेकोले अहिले पनि उक्त स्थानमा देबिक शक्तिको प्रत्यक्ष अनुभुति गर्न सकिने दबि गर्नु भयो। राजा धनपालसँग सम्बन्धित स्थललाई धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनसँग जोड्न सकिने प्रशस्त सम्भावना रहेको मण्डलले बताउनु भयो । बैशाख १ गतेको मेलामा आउने शक्तजनहएउले समेत मन्दिर परिसरको वरपर चाँन्दिको सिक्का लगायतको बहुमुल्य सामग्री भेटने गरेको छ। तर भेटिएको बहुमुल्य सामग्रीहरु राख्ने संग्राहलय नहुदै भेटिएको समान समेत हराउने गरेको गुनासो गर्नु भयो।

उक्त स्थलमा ऐतिहासिक पार्क, संग्रहालय, अध्ययन केन्द्र तथा पर्यटकीय पूर्वाधार निर्माण गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने मण्डलले दाबी गर्नु भयो। उहाँले धनपालथान गाउँपालिका आफैंमा कृषि, संस्कृति र धार्मिक विविधताले सम्पन्न क्षेत्र हो। राजा धनपालको इतिहासलाई केन्द्रमा राखेर पर्यटन विकास गर्न सकिए स्थानीय आर्थिक गतिविधि बढ्नुका साथै गाउँपालिकाको पहिचान राष्ट्रिय स्तरमा स्थापित हुन सक्ने प्रवल सम्भावना देखिन्छ।त्यहाँका स्थानियका अनुसार अहिले पनि राजा धनपाल क्षेत्रको करिब १ किलो मिटर सम्म पुरातात्त्विक ईट्टा र बहुमुल्य सामग्री लगायतका विभिन्न समानहरु भेटने गरेको छ। प्रत्यक्षदर्शी स्थानियहरुका अनुसार राजा धनपाल पोखरी को वरवर ४ देखि ५ वटा सिसाको इनार अहिले पनि मुरिएको अवस्थामा त्यसको ब्यवस्थित उत्खनन् गर्न सकियो भने अझै पनि धेरै बहुमुल्य समान र पुरानो दरबारको विभिन्न अवशेषहरु पत्ता लाग्न सकिने बताउनु भयो।
धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानोले धनपालथान गाउँपालिकाले आफ्नो नामसँग जोडिएको ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो। उहाँले यो ऐतिहासिक दैबिक स्थल हो यसबाट धेरै जनाको भाकल पूरा भएको सुन्न पाइन्छ। यसलाई राम्रो र ब्यवस्थित बनाउन सकियो भने भोलि गाउँ पालिकालाई चिनाउने ठूलो माध्यम बन्न सक्ने बताउनु भयो। उहाले राजा धनपाल धनपालथान बासिको लागि गौरब हो यसको इतिहास संरक्षणसँगै पर्यटन विकासको दीर्घकालीन योजना बनाएर प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्न सके यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने दाबु गर्नु भयो। उपाध्यक्ष बानोले पालिकाले यश क्षेत्रको पहलको लागि बजेट बिनियोजन गर्दै आएको छ। साथै यसको संरक्षणको लागि ३ तहकै सरकार संग पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो।
राजा धनपाल केवल एक ऐतिहासिक पात्र मात्र होइनन्, धनपालथान गाउँपालिकाको पहिचान र गौरवका आधार पनि हुन्। उहाँको नामबाट स्थापित गाउँपालिकाभित्र रहेको ऐतिहासिक स्थल संरक्षण, अनुसन्धान र प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिन्छ। समयमै संरक्षण र पर्यटनसँग जोड्न सकिए राजा धनपालको इतिहासले धनपालथानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण आधार बन्न सक्छ।






