खाद्य स्वच्छता र गुण नियन्त्रणमा विराटनगर कार्यालयको उल्लेख्य प्रगति
विराटनगर, भदौ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम तथा अनुगमन कार्यहरूमा उल्लेख्य प्रगति हासिल गरेको छ। खाद्य सुरक्षा आपतकालीन प्रतिक्रिया, बजार अनुगमन र सचेतनामूलक कार्यक्रमहरूमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरिएको हालैको प्रगति विवरणमा उल्लेख छ।
कार्यालयका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर अभियान कार्यक्रमलाई १२ पटक सञ्...









