मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत प्रशस्त हुनेछन् र व्यवसायमा सोचेभन्दा बढी सफलता प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पार्टी, पिकनिक वा खानपान सम्बन्धी समारोहमा सहभागी हुने मौका मिल्नेछ । कर्म योगमा प्रगति हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ भने दाजुभाइमा भागबन्डा समय सँगसँगै हुनेछ । व्यवसाय र कृषितर्फको लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । आफन्तसँग केही दूरी राख्नुपर्ने अवस्था आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रियजनसँग भेटघाट र रमाइलो समय व्यतित हुनेछ । विभिन्न उपहार प्राप्त हुनेछन् । आतिथ्यपूर्ण सम्मान पाइने समय छ । एक्लोपनाको अनुभूति हुन सक्छ । राहुको प्रभावले विवाद, धनहानि वा लाञ्छना सम्बन्धी समस्या आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँट र साहसले जटिल काम पनि सम्पादन गर्न सकिनेछ । आशा गरेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूको पढाइमा केही कमजोरी देखिन सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । साझेदारीमा विवाद र पति पत्नी बीच असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा मिल्नेछ । परोपकार र शुभकार्यमा समय व्यतित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राका अवसर मिल्नेछन् । भ्रमणका क्रममा मान सम्मान पनि प्राप्त हुनेछ । पेट र छाती सम्बन्धी स्वास्थ्य समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम पूरा हुनेछन् । बौद्धिक कार्य र पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तर्क शक्ति र बौद्धिक क्षमता प्रदर्शन गर्न अवसर मिल्नेछ । प्रयत्न गर्दा अध्ययनका लागि विदेश यात्रा सम्भावना छ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछन् । आयआर्जनमा कमीले ठूलो प्रगतिमा बाधा पुर्याउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्न सक्छ । सन्तानबाट फाइदा र सुख प्राप्त हुने योग छ । रोकिएका काम सुरु हुनेछन् । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्न सक्छ । झुटा आरोप आउन सक्छन् । बाहिरी यात्रा र प्रवासमा समय अनुकूल छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै परिश्रम गर्दा पनि लाभ कम मिल्नेछ । घर खर्च बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा दिलाउन सक्छ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव र अवसर बढ्ने समय छ । जीवन साथी र सन्तानबाट भौतिक लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा केही उतारचढाव आएपनि अन्ततः फाइदा हुनेछ । साथीभाइले सहयोग गर्नेछन् । पढाइका लागि अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारी सम्बन्ध बिग्रन सक्छ, जसले कहिले काहीं अप्ठ्यारो पार्न सक्छ । परिश्रमबाट घर, जग्गा वा स्थायी सम्पत्ति आर्जन हुने समय छ । सामाजिक प्रतिष्ठा र मान सम्मान बढ्नेछ । जीवन साथी र सहयोगीहरूको समर्थनले काम सफल हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले विशेष अवसर हात लाग्नेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । स्थायी सम्पत्ति आर्जनको समय छ । नयाँ नोकरी, पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । तर बुद्धि विवेकको उपयोग नगरे विवाद र आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्य बलवान् रहनेछ । रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । व्यवसायमूलक भ्रमण गर्ने अवसर मिल्नेछ । कृषि, पशुपालन, उद्योग र व्यापारमा लाभ प्राप्त हुने समय छ । आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन् । सामाजिक प्रतिष्ठा र मान सम्मान बढ्नेछ ।

तपाईको प्रतिक्रिया