एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र ओमान खेल्दै

एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र ओमान खेल्दै
काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र ओमान खेल्दैछन् । खेल दुवईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । गएराति भएको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले हराएको छ । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ...

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने
सिमकोट (हुम्ला), भदौ २७ गते । बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा ...

अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
काठमाडौँ, भदौ २५ गते । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने र जनधनको क्षति हुने सम्भावना औँल्याउँदै तुरुन्त बुझाउन अनुरोध गरेको हो । सेनाले ह...

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा महानगरले दियो शोक विदा

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा महानगरले दियो शोक विदा
विराटनगर २४ भदौ । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा विराटनगर महानगरपालिकाले आज मंगलबार शोक विदा दिने निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक विदा दिने निर्णय गरेको महानगरले जनाएको छ । भ्रष्टाचार अन्त्य, बन्द गरिएका सामाजिक सञ्जाल पुनः सञ्चालन, अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका...

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय
काठमाडौँ, भदौ २४ गते । काठमाडौँ महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई तीन दिन दिन बन्द गर्ने निर्णय गरेको हो । सोमबार भएको जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित
काठमाडौँ, भदौ २४ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ देखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो । निमित्त परीक्षा नियन्त्रक डा. सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको ...

भदौ २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुनेछ । विचारले धेरैलाई आकर्षित गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ हुने योग छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हात लागि हुनेछ । धेरै श्रमपछि अलि...

आजको राशिफल ~ वि.सं २०८२ भाद्र २३ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ भाद्र २३ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीका बाबजुद पनि नसोचेको काम बन्न सक्छ । धैर्यपूर्वक अघि बढ्ने समय हो । तर, छर छिमेकसँग असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट लाभ लिन सकिनेछ । सन्तान वा अनुयायीबाट प्रसन्नता प्राप्त हुनेछ । परिवारजन तथा बन्धु बान्धव बीच आत्मीयता बढ्नेछ तर मान्यजनसँग केही असमझदारी देखा पर्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वैदेशिक क्षेत्र वा टाढाबाट ल...

अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने– ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’

अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने– ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो साझा सपनाहो । यसका लागि देशभित्र मात्र होइन, बाहिर रहेका प्रत्येक नेपालीको योगदान अपरिहार्य छ । प्रवासमा ...

२१ स्वर्ण पदकसहित एभरेष्ट अन्तर विद्यालय पौडी प्रतियोगितामा प्रथम

२१ स्वर्ण पदकसहित एभरेष्ट अन्तर विद्यालय पौडी प्रतियोगितामा प्रथम
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल २१ वटा स्वर्ण पदक सहित अन्तर विद्यालय पौडि प्रतियोगितामा प्रथम भएको छ । शुक्रबार र शनिवार सम्पन्न प्रतियोगितामा विराटनगरकै दिल्लि पब्लिक स्कुल (डीपीएस) ६ स्वर्ण पदकसहित दित्तिय भएको छ भने सेन्ट मेरी स्कुल २ स्वर्ण ३ रजत र ७ कास्य पदक सहित तेस्रो भएको छ । सुनसरी र मोरङका गरि करिब तीन दर्जन विद्यालयको सहभागिता रहेको अन्तर विद्यालय प्रतियोगितामा वि...