काठमाण्डौ – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।
नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल पर्सि मङ्गलवार हुनेछ । विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ । खेलको टिकट दर सामान्य पारापिटका लागि पाँच सय र भीआईपी पारापिटका लागि एक हजार रुपैयाँ तोकिएको छ ।



![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)

