वाल्मीकि स्काउट दलको दीक्षान्त सम्पन्न

वाल्मीकि स्काउट दलको दीक्षान्त सम्पन्न
पथरी शनिश्चरे, मंसिर १४ मोरङको पथरीशनिश्चरेस्थित वाल्मीकि माध्यमिक विद्यालयमा स्थापित वाल्मीकि स्काउट दलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्काउट दलका ३२ जना विद्यार्थीहरू दीक्षित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई रहनुभयो। सो अवसरमा विद्यालयका निर्देशक नोवल किशोर खनाल, नेपाल स्काउट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख आयुक्त रोशन बुढाथोकी, वि...

जनकपुरका गेस्टहाउसमा यौनजन्य गतिविधि बढ्याे

जनकपुरका गेस्टहाउसमा यौनजन्य गतिविधि बढ्याे
जनकपुर । जनकपुरका गेस्टहाउसमा अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।स्थानीयले अनैतिक क्रियाकलाप गराउने गेस्टहाउस तथा होटललाई कानुनी कारबाही गर्न माग गरेका छन् ।जनक नगर सोसाईटी पिराडीले यौनजन्य क्रियाकलाप विरुद्ध जनचेतना अभियान सुरु गरेको हो । जनकपुरको पिराडीचोकस्थित केही होटल र गेस्टहाउसमा लामो समयदेखि देह व्यापार (यौनजन्य क्रियाकलाप) भइरहेको स्थानीयको आरोप छ ।देह व्यापारले...

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय
धरान । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आइरहेकी छन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आइरहेकी छन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै...

मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा

मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा
काठमाडौँ । नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी रहेको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले १७.२ ओभरमा मलेसियालाई ५१ रनमा अलआउट गरेको थियो। जवाफी ब्याटीङमा ७.५ ओभरमै एक विकेट गुमाएर नेपालले सहजै खेल जितेको हो।

हङकङमा आगलागीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक

हङकङमा आगलागीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक
हङकङमा आगलागीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक शुरू भएको छ । बुधबार वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा भएको आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले आजदेखि तीन दिन शोक मनाएको हो । शोकको शुरूआतमा हङकङका अधिकारीहरूले आगलागीमा ज्यान गुमाएकाहरूको सम्झनामा तीन मिनेट मौन धारण गरेका छन् । आगोमा परी कम्तीमा एक सय २८ जनाको ज्यान गएको छ । दुई सय जन...

एमाले धनकुटामा प्रतिनिधि छनाेटमा विवाद

एमाले धनकुटामा प्रतिनिधि छनाेटमा विवाद
कविराज घिमिरे हिले, मङ्सिर १३ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो । कार्यालयमा तालाबन्दी गर्ने क्रममा दुई समूहबिच विवाद भएको छ । महाधिबेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनाेट हुने बताइएको छ । तालाबन्दी र मतपत्...

एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित

एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित
काठमाडौँ, मङ्सिर १३ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जितसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ। लुम्बिनीसँग हार बेहोरे पनि पोखराको...

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले सम्हाले जिम्मेवारी

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले सम्हाले जिम्मेवारी
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् । जस्तोसुकै विषम परिस्थिति आएपनि प्रहरी पछाडि हट्दैन भन्ने सन्देशसहित उनले जिम्मेवारी सम्हालेको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । प...

एभरेष्टमा अन्तर–हाउस बास्केटबल प्रतियोगिता सम्पन्न

एभरेष्टमा अन्तर–हाउस बास्केटबल प्रतियोगिता सम्पन्न
विराटनगर — विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कूलमा आयोजना गरिएको अन्तर–हाउस बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले उद्घाटन गरेको प्रतियोगिता एभरेष्टकै अन्तर्राष्ट्रिय मानकको कोर्टमा सञ्चालन गरिएको थियो। शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ चार तथा महिलातर्फ दुई हाउसले प्रतिस्पर्धा गरेका थिए। शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ कोशी हा...

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभामा बीमा सचेतना सम्बन्धी छलफल सम्पन्न

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभामा बीमा सचेतना सम्बन्धी छलफल सम्पन्न
संखुवासभा — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश ले बीमाको क्षेत्रमा गरेको कार्यक्रम र सञ्चालन गरेका जनचेतना र बीमाका विषयमा भएका प्रगतिको विषयमा छलफल गरिएको थियो । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको स्थापना भएपछी कोशी प्रदेशमा...