विराटनगरको यातायातले हप्तामा तीनपटक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरले लामो समयदेखि अवरुद्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण तथा परीक्षा सञ्चालन सेवा पुनः सुरु गरेको छ।
गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय ‘सर्भर’ प्रणालीमा क्षति पुग्दा यो सेवा ठप्प भएको थियो। विभागको सर्भर मर्मतपछि सञ्चालनमा आएसँगै विराटनगर कार्यालयबाट पनि सेवा प्रवाह सुरु गरिएको कार्यालयका सूचना...









