राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो

राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो
लमही , १५ मंसिर। दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या अन्ततःसमाधान भएको छ। गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य ...

विभागले भन्यो: टेन्डर अविलम्ब खोल्नु

विभागले भन्यो: टेन्डर अविलम्ब खोल्नु
बुटवल , १६ मङ्सिर । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले लामो समय सम्म विना टेन्डर सञ्चालनमा रहेको बुटवलका कृषि उपज केन्द्र को टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको छ । कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गतेको पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थ विज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडी बढाउन र अदालतको फैसला कार्यान्वयन गर्नको लागि न...

गुल्मीबाट ८० जनाले लिए गैरआवासीय नागरिकता

गुल्मीबाट ८० जनाले लिए गैरआवासीय नागरिकता
तम्घास(गुल्मी), मङ्सिर १६ गते । गुल्मी जिल्लाबाट ८० जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ८० जनाले गैरआवसीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको गैरेले बताउ...

कालिकाेटकाे नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कालिकाेटकाे नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै – कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ७ का अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष मनसोभा बुढा, प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडाध्यक्ष दलबहादुर विश्वकर्मा, गाउँपालिकाका सब–इन्जिनियरहरू अमर शाही र अनिलकुमार विष्ट, कुलो निर्माण उपभोक्ता समितिका अध्यक्...

एनपिएलः आज दुई खेल हुने

एनपिएलः आज दुई खेल हुने
काठमाडौँ, मङ्सिर १६ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकप...

आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर १६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर १६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाको यात्राको व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामान...

रंगेलीको ‘किशोरी मेला २०८२’ मा न्युरो कार्डियो हस्पिटलको सक्रिय सहभागिता

रंगेलीको ‘किशोरी मेला २०८२’ मा न्युरो कार्डियो हस्पिटलको सक्रिय सहभागिता
रंगेली — रंगेली नगरपालिकाले मंसिर १४ गते आयोजना गरेको ‘किशोरी मेला २०८२’ मा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्वास्थ्य सेवा र परामर्शमार्फत सक्रिय उपस्थिति जनायो। हस्पिटलको विज्ञ टोलीले मेलामा सहभागी भएकामध्ये ६०० भन्दा बढी किशोरी र अभिभावकलाई महिनावारी स्वच्छता तथा स्वास्थ्यसम्बन्धी विस्तृत परामर्श प्रदान गरेको थियो। परामर्श सत्रमा महिनावारीबारे समाजमा कायम गलत धारणाहरू हटाउने...

प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना बढ्दै गएको सरोकारवालाको निष्कर्ष

प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना बढ्दै गएको सरोकारवालाको निष्कर्ष
विराटनगर / प्रविधिको दुरुपयोगका कारण लैंगिक हिंसा र उत्पीडनका नयाँ आयामहरू थपिँदै गएको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरूले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गैरसरकारी महासंघ मोरङको समन्वय तथ जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा राष्ट्रिय महिला आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले प्रविधिको दुरुपयोगले समाजमा उत्पीडनसँगै हिंसाका घटनाहरू...

पराजयपछि उदाएको नेतृत्व : पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

पराजयपछि उदाएको नेतृत्व : पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित
विराटनगर १५ मंसिर । गत बैशाखमा सम्पन्न विराटनगर एमाले महानगर कमिटीको उपाध्यक्षमा पराजित भए लगतै राम पोखरेल भनेका थिए,‘ पराजय राजनीतिक यात्राको अन्त्य होइन, शुरुवात हो ।’ महानगर उपाध्यक्षमा झिनो (९) मतान्तरले पराजित भएका उनले पराजयबाट आफ्नो राजनीतिक यात्रा शुरु भएको सामाजिक सञ्जाल मार्फत बताएका थिए । महानगर कमिटीको पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित हुँदा संस्थापन केपी ओली समूहबाट उपाध्य...

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्यान्ह उनको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेहका बिरामी थिए। पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए। स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई आइतबार बिहान बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर रह...