काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्यान्ह उनको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेहका बिरामी थिए। पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए।
स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई आइतबार बिहान बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।





