काठमाण्डाै – कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ७ का अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष मनसोभा बुढा, प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडाध्यक्ष दलबहादुर विश्वकर्मा, गाउँपालिकाका सब–इन्जिनियरहरू अमर शाही र अनिलकुमार विष्ट, कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले नरहरिनाथ गाउँपालिका–७ मा ओगडेनी आडिखोला सिँचाइ कुलो निर्माणमा भएको कामभन्दा बढी देखाई १९ लाख ४८ हजार रुपैयाँभन्दा धेरै भुक्तानी दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले आठै जनासँग गैरकानूनी रूपमा भुक्तानी दिएको रकम बराबर बिगो मागदाबी गरेको छ ।

तपाईको प्रतिक्रिया