विराटनगरमा सिमाना अनुगमन तथा निरीक्षण
विराटनगर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले विराटनगर महानगरपालिका–१६, १७ र १८ अन्तर्गत पर्ने दरैया, रानी, मटेरुवा तथा आईसिपि क्षेत्रसहित नेपाल–भारत सीमावर्ती क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्।
खुला सीमाका कारण हुन सक्ने विभिन्न आपराधिक गतिविधि, लागूऔषध ओसारपसार, चोरी–तस्करीलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले स्थलगत रूपमा सिमानाका ...









