एन्फा यु-१६ युथ लिग : उपाधिमा चार टोलीको दाबेदारी

एन्फा यु-१६ युथ लिग : उपाधिमा चार टोलीको दाबेदारी
मच्छिन्द्र फुटबल क्लबले १६औं जित निकाल्दै एन्फा यु-१६ युथ लिगमा शीर्षता होड जारी राख्दा जावलाखेल युथ र संकटा क्लबले पनि सुखद नतिजा आत्मसात् गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सोमबार हिमालयन शेर्पा क्लबमाथि ६-१ को फराकिलो जितसँगै लिगमा शीर्षताको होड कायमै राख्यो। मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन, सुदीप ठकुरी, गोविन्द विक, कोन्जोक लामा, प्रज्ञान राई र आर्यावी...

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु
खोटाङ- राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माणको काम सुरु गरिएको छ। दिक्तेल बजारको भानुचोकमा रहेको सो सालिक लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको थियो। कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनर्निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्व...

जेन–जी आन्दोलनपछिको सुरक्षा बहस

जेन–जी आन्दोलनपछिको सुरक्षा बहस
काठमाडौं । भदौ २३–२४ मा भएको जेन–जी आन्दोलन र त्यसपछि विकसित असामान्य परिस्थितिमा नेपाली सेनाको भूमिकाबारे तीन महिनापछि पनि बहस रोकिएको छैन । यही पृष्ठभूमिमा नेपाली सेनाले राष्ट्रपतिको निर्णय अधिकार र कार्यपालिकाको सर्वोच्चताको सम्मान गर्दै आफूले संविधानको अक्षर र मर्मअनुसार मात्रै भूमिका निर्वाह गरेको स्पष्ट पारेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले तयार पारेको प्रतिवेदनमा सेनाको ...

बंगलादेशमा अर्का विद्यार्थी नेताको गोली हानी हत्या

बंगलादेशमा अर्का विद्यार्थी नेताको गोली हानी हत्या
काठमाडौं । बंगलादेशमा अर्का एक विद्यार्थी नेताको गोली हानी हत्या गरिएपछि थप हिंसा भड्किएको छ । इक्लाव मञ्चका नेता शरीफ उस्मान हादीको हत्या गरिएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरको हत्या भएको हो । गत वर्षको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समूहका सिकदरलाई सोनाडांगा क्षेत्रमा गोली हानिएको थियो । गम्भीर घाइते अवस्थामा खुलना मेडिकल कलेजमा भर्ना गरिएका उनको उपचार...

नवौं भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि सुरु हुँदै

नवौं भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि सुरु हुँदै
काठमाडौं । आगामी पुस ११ गतेदेखि हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीले सहभागी जनाउनेछन । यसपटक मा गण्डकी प्रदेश भने च्याम्पियनसिप नखेल्ने भएको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ । महिलातर्फ ती...

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्

फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा यथावत्
काठमाण्डाै – फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो । योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बङ्गलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलङ्का १ सय ९४ औं र पाकिस्तान १ सय...

आजको राशिफल ~वि.सं. २०८२ पौष ०८ गते मंगलबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ पौष ०८ गते मंगलबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) एक्लोपनाको अनुभूति हुने...

विराटनगरका दुई क्यासिनोबाट पक्राउ परेका १७ जनाविरुद्ध ७ दिनको म्याद थप, अनुसन्धान सुरु

विराटनगरका दुई क्यासिनोबाट पक्राउ परेका १७ जनाविरुद्ध ७ दिनको म्याद थप, अनुसन्धान सुरु
विराटनगर । विराटनगर महानगरपालिका–११ मा रहेको रत्ना होटल र बिग होटलभित्र सञ्चालित क्यासिनोबाट पक्राउ परेका १७ जनाविरुद्ध प्रहरीले ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। आइतबार राति मोरङ प्रहरीले रत्ना होटलभित्र रहेको गोल्डेन क्यासिनो र बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोमा छापा मार्दै २० जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये बिग होटलको क्यासिनोबाट समातिएका ३ ...

आयातनिर्यात बढ्दा ५ महिनामा करिब ९ खर्ब पुग्यो वैदेशिक व्यापार

आयातनिर्यात बढ्दा ५ महिनामा करिब ९ खर्ब पुग्यो वैदेशिक व्यापार
इटहरी । नेपालले ५ महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको हो। गत वर्ष यही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजारको व्यापार गरेको थियो। यो ५ महिनामा आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले बढेको छ। मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख...

नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्षमा ओझा निर्वाचित

नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्षमा ओझा निर्वाचित
नुवाकोट । नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय समितिको उपाध्यक्ष (प्रत्यक्षतर्फ) पदमा अच्युतकुमार ओझा निर्वाचित भएका छन्। युनियनको १२औँ महाधिवेशनबाट ओझाले २६७ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्। विदुर नगरपालिका–१३ का स्थायी निवासी ओझाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै स्पष्ट मतान्तरसहित सफलता हासिल गरेका हुन्। प्रतिस्पर्धात्मक निर्वाचनबीच ओझाको विजयलाई संगठनभित्रको विश्...