नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी
काठमाडौँ, पुस ७ गते । सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रम मार्फत एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, “आगामी माघक...









